नक्कली नोट र लागुऔषधको कारोबारी पक्राउ

झापा । झापा प्रहरीले नक्कली नोट र लागुऔषधको कारोबारमा सम्लग्न एकजनालाई पक्राउ गरेको छ । दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ बस्ने ३२ वर्षीय पूर्णबहादुर बानियाँलाई प्रहरीले नक्कली नोट र लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।

दमक १ स्थित राधे होटेल एन्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाको आधारका इलाका प्रहरी कार्यालय दमकको टोलीले गएराती छापा मारेको थियो । सोहि क्रममा प्रहरीले लागु औषधसहित बानियाँलाई नियन्त्रण लिएको छ ।

प्रहरीले बानियाँको शरीर र कोठाबाट एक हजार दरको नेपाली रुपैयाँको ८ थान नक्कली नोट र सानो प्लास्टिकको दुई वटा प्याकेटमा राखिएको ४७ ग्राम ५ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभएको छ ।

नक्कली नोट र ब्राउन सुगरसहित पक्राउ परेका बानियाँलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभएको छ ।

Back to top button