प्रदेश प्रमुख अधिकारीद्वारा अध्यादेश जारी

विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) संशोधन २०७८ आज जारी गर्नु भएको छ । मन्त्रिपरिषदको बैठकले आजै उक्त अध्यादेश जारीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बजेट ल्याउनुभन्दा १५ दिन अगाडि पूर्वबजेट छलफल गर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेको छ ।

Back to top button