खुवालुङ नचलाई सप्तकोशीमा जल यातायात सञ्चालन हुन्छ : मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले खुवालुङलाई नचलाई सप्तकोशीमा जल यातायात सञ्चालन हुने बताउनुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेले बजेट प्रस्तुत गर्दा चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न सप्तकोशीमा रहेका अवरोध हटाउने बताएसँगै त्यसको विरोध भएको थियो । यसअघि पनि विराटनगरमा आयोजित एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातका लागि कोशी भित्रका ठूला ढुङ्गा हटाउने बताएपछि तिब्र विरोध भएको थियो ।

मन्त्री नेम्वाङले भने किराँत आस्थाको रुपमा रहेको खुवालुङलाई नचलाई त्यो भन्दा पश्चिमतर्फबाट जल यातायात सञ्चालन गरिने बताउनुभएको हो । सुनसरीको चतरादेखि भोजपुरसम्म जानका लागि मोटरबोट निर्वाध रुपमा सञ्चालनको लागि सरकारले तयारी गरेको छ ।

निजी कम्पनीहरुले अहिले पनि केही मोटरबोट सञ्चालन गर्दै आएका छन् । उनीहरुले नदिभित्रको ढुङ्गा पन्साईदिए दोलालघाटसम्म नै बोट सञ्चालन गर्न सकिने बताउँदै आएका छन् । सप्तकोशीमा मोटरबोट सञ्चालन आएपछि उदयपुर, धनकुटा र भोजपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

Back to top button