नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । स्थायी समितिको वैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

यसअघि हिजोको लागि आह्वान भएको वैठक पनि आज अपरान्ह ४ बजेसम्मका लागि सरेको थियो । पार्टी एकताका लागि दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेकाबेला बैठक स्थगित हुनेक्रम बढेको छ ।

Back to top button