जापान सरकारद्वारा ६ वटा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । जापान सरकारले नेपाललाई एम्बुलेन्ससहित स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको छ । जापान सरकारले पठाएको १६० अक्सिजन कन्सन्ट्रेटर, २५ ब्लड ग्यास एनालाइजर र २५ अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जापान सरकारले सहयोग गरेको ६ वटा एम्बुलेन्स आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीसँग जुध्न जापान सरकारले गरेको सहयोग महत्वपूर्ण भएको भन्दै मन्त्रालयले धन्यवाद ज्ञापन गरे ।

Back to top button