
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी लामो निषेधाज्ञाले कोरोना संक्रमितहरुलाई आर्थिक पर्न गएकाले राहत कार्यक्रम ल्याएको छ ।
गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङले कोरोना संक्रमणले मृत्यु भएका परिवारलाई कृया खर्च २५ हजार र कोरोना संक्रमितलाई घर खर्च चलाउन ३÷३ हजार दिने निर्णय गरेको बताउनुभयो ।
राहत कार्यक्रमअन्तर्ग खाद्यान्नलगायतका सामग्री नदिई अन्य आवश्यकताहरुसमेत पुर्तिका लागि सहज होस् भनेर घर घरमा गएर वडा कार्यालयमार्फत नगद उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाभरिमा हाल सक्रिय संक्रमितको संख्या ३३ जना रहेको छ भने संक्रमणले १ जनाको मृत्यु भइसकेको अध्यक्ष थत्लुङले बताउनुभयो । उहाँले गाउँपालिकामा संक्रमित भएका १० जनालाई निको भइसकेको बताउनुभयो ।