
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा आज सरकारमा सहभागी हुने तयारी गरेको छ ।
जसपाले ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको हो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लाग्नुभएको छ ।
प्रधानमन्त्री ओली जसपालाई सरकारमा सहभागी गराउने विषयमा पार्टीका मुख्य नेताहरुसँग परामर्श गर्नु भएको छ ।
सरकारमा सहभागिताको विषयमा अहिले प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भेटवार्ता हुने भएको छ । भेटवार्तापछि सरकारमा सहभागी हुने विषय निश्चित हुने एक नेताले बताउनुभयो ।