कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । मुलुकभरिमा आज ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ ।

मुलुकभरिमा आज ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २० हजार ८१३ जनाको परीक्षण गरिएको थियो । आज १ सय १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Back to top button