उपप्रधानमन्त्री महतोले दोहोर्‍याउनुभयो : बहुलताले भरिएको नेपाल बहुल राज्य हुनु आवश्यक

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राज्यको विषयमा पुनः अभिव्यक्ति दिनुभएको छ । जसपा पार्टी कार्यालयले आज आयोजना गरेको नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा महतोले बहुलताले भरिएको नेपाल एकल नभई बहुल राज्य हुनु आवश्यक रहेको बताउनुभयो ।

नवनियुक्त मन्त्रीहरुलाई पार्टीको राजनीतिक एजेण्डामा केन्द्रित रहेर काम गर्न महतोले आग्रह गर्नुभयो । पार्टीका नेतार रेशम चौधरीको मुद्दा सर्वोच्चले टुंग्याएपछि राष्ट्रपतिबाट सजाय माफी गराएर रिहाइ गराउने उहाँको भनाई थियो ।

महतोको अभिव्यक्तिप्रति सत्तारुढ दल एमालेका नेताहरुले विरोध जनाइरहनुभएको छ ।

Back to top button