पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

पाकिस्तानमा आज बिहान रेल दुर्घटना भएको छ । दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

Back to top button