बर्खास्तिमा परेका सोनलले झोला र ब्रिफकेश बोकेर छाडे मन्त्री निवास

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महततो पक्षका मन्त्रीहरुलाई हिजो बर्खास्त गरेपछि आज निवर्तमान भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले झोला र ब्रिफकेश बोकेर हिँड्दै मन्त्री निवास छोड्नु भएको छ । उहाँले मधेश र प्रदेशको हितमा सधैं काम गरिरहने बताउनुभएको हो ।

मुख्यमन्त्री राउतले ठाकुर–महतो पक्षका सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गनुभएको छ ।

उहाँले झोला र ब्रिफकेश बोडेर मन्त्री निवास छोड्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Back to top button