प्रदेश १ मा ७३३ संक्रमणमुक्त, ५४० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७३३ जना संक्रमणमुक्त भएका छन् । ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ ।

प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, संखुवासभामा १८, धनकुटामा १३, इलाममा ७, उदयपुरमा ३, भोजपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, विर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३–१३, कनकाई र शिवसताक्षीमा ११–११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १, सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७–७ जनामा संक्रमण पुष्टि भएको हो ।

बराहक्षेत्रमा ६, दुहवीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जुमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २–२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको चैनपुमा १२ र मादीमा ६, धनकुटाको पाख्रिवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १–१, भोजपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६२ हजार ५२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १७७ रहेको छ । प्रदेश १ मा आज १ हजार ६०० जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button