मन्त्रीपरिषद विस्तार विरुद्ध परेको रिटमा सर्वोच्चले आज दिएन अन्तरिम आदेश

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका छन् ।

Back to top button