पार्टीको महाधिवेशनका लागि सभापति देउवालाई दवाव

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन गराउनका लागि पार्टीसम्बद्ध युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेको छ । युवा नेताहरुले पार्टीको १४ औं महाधिवेशन कोरोना महामारीकै बीच गर्ने उपाय खोज्न दवाव दिएको हो ।

पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार लगायतका युवा नेताहरुले बुढानिलकण्ठस्थित निवासमा सभापति देउवालाई भेटेर कोरोना महामारीका बीच महाधिवेशन गर्ने उपाय खोज्न आग्रह गर्नुभएको छ ।

हालसम्म सबै जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक हुन सकेको छैन । कतिपय जिल्लामा विवाद रहेको छ । क्रियाशील सदस्यता सार्वजनिक भएपछि उजुरी दिने र त्यसको छानबिनका लागि रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिएको छ । तर त्यो समितिले उजुरी लिएर सदस्यता छानबिन गर्न न्इूनतम महिना दिन लाग्ने अवस रहेको एक नेताले बताउनुभयो ।

महामधिवेशनका लागि सार्वजनिक कार्यतालिका अनुसार असार २० बाट वडा अधिवेशन, साउन ६ मा प्रदेश अधिवेशन र भदौ ७ देखि १० गतेसम्म केन्दीय महाधिवेशन गर्नुपर्ने उल्लेख छ ।

उक्त कार्यतालिका संशोधन गरेर बिभिन्न केन्द्र तोकेर थोरै मानिस भेला हुने गरी तत्काल महाधिवेशनको प्रक्रिया सुरु गर्न युवा नेताहरुले सभापति देउवालाई आग्रह गर्नुभयो । सभापति देउवाले पदाधिकारी बैठक बोलाएर कार्यतालिका संशोधन गर्ने र समयमा महाधिवेशन गरााउने प्रतिवद्धता जनाउनुभएको युवा नेता गुरुराज घिमिरेले बताउनुभयो ।

Back to top button