मन्त्री दम्पति तामाङ् र राईको सम्पति कति छ ?

काठमाडौं । पति र पत्नी दुवै जना मन्त्री हुने सौभाग्य कसै कसैलाई प्राप्त हुन्छ । तर अहिले त्यही शौभाग्य स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्लाई प्राप्त भएको छ । उहाँकी पत्नी उषाकला राई पनि प्रदेश १ का सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

मन्त्री दम्पतिको सम्पति कति छ ? यो जिज्ञासा हुनु स्वभाविक हो । यसैबीच मन्त्री तामाङ्ले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुभएको छ ।

उहाँले सार्वजनिक गर्नुभएको सम्पति विवरणमा पैतृक र आफूले जोडेको सहित मुलुकको १४ ठाउँमा पति र पत्नीको नाममा २० रोपनीभन्दा बढी जग्गा २२ तोला सुन रहेको उल्लेख छ ।

Back to top button