महेश बस्नेतलाई मन्त्री बनाउन युवासँघको लबिङ

काठमाडौं । केहिदिन यता मन्त्री बन्ने चर्चामा रहेका एमालेका युवा नेता महेश बस्नेत आज विस्तार हुनै लागेको मन्त्रीपरिषदमा नअटाउने देखिएपछि युवासंघको टोली लबिङका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ ।

युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका बस्नेतलाई विस्तारीत मन्त्रिमण्डलमा अटाउन आग्रह गर्दै युवा संघका अध्यक्ष किरण पौडेल नेतृत्वको टोली बालुवाटार पुगेको हो ।

एमालेबाट युवाहरुको प्रतिनिधित्व नभएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन बालुवाटार आएको अध्यक्ष पौडेलले बताउनुभएको छ ।

Back to top button