मन्त्रिपरिषद विस्तार, सपथग्रहण केहिबेरपछि हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज मन्त्रिपरिषद् विस्तार गर्नुभएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैले राख्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजको विस्तारसँगै मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहनुभएको छ । प्रधानमन्त्रीले आज ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह), राजकिशोर यादव (उद्योग), नैनकला थापा (सञ्चार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रनुभएको छ । भने आशाकुमारी विक वन राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

उहाँहरुको आजै अपरान्ह ४ बजे शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ ।

Back to top button