
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फलोर क्रश गरेका निलम्बित एमालेका माधवकुमार नेपाल पक्षका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमालेको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।
पार्टीको ह्विपविपरीत चारै जनाले फ्लोर क्रस गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।