सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आज दिउँसो २ बजे संसद भवनमा बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कार्तिक २६ र मंसिर ३ गते आह्वान गरिएको निर्वाचन र सर्वोच्च अदालतमा बिचाराधिन मुद्दालगायतको समसामयिक विषयमा छलफल तथा परामर्शका लागि बैठक बस्न लागेको सापकोटाको सचिवालयले जनाएको छ ।

Back to top button