![](https://sunauloonline.com/wp-content/uploads/2021/06/gandaki-krishna-nepali-dabi.jpg)
पोखरा गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गर्नुभएको छ । उहाँले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेस गर्नुभएको हो ।
पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१ सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो ।