
जनकपुर । धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन्।
सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन हिजो सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि आज सरकारविरुद्ध प्रदर्शन भएको हो । नागरिकताबाट बञ्चित युवाहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई नागरिकता दे, गैरनागरिक बनाउन–पाइँदैन, देशका असल नागरिक– पहिचान गर, संविधान संशोधन छिटो गर जस्ता माग राखेका छन् ।