प्रदेश १ सरकारको नीति तथा कार्यक्रमले सञ्चार क्षेत्रलाई सम्बोधन गर्न सकेन

विराटनगर । प्रदेश १ सरकारले प्रस्तुत गरेको यस वर्षको नीति तथा कार्यक्रम सञ्चार क्षेत्रका लागि खासै उपलिब्धपूर्ण नभएको सरोकारवालापक्षले बताएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पत्रकार भनेको सत्ताको प्रतिपक्ष हो ।

त्यसैले सरकारले यो दिएन र त्यो दिएन भन्नेकुरालाई प्राथमिकता दिनुहुदैन ।

निति तथा कार्यक्रम जनमुखि र विकास मुखि छ कि छैन यसले प्रदेश १ को विकास र जनताको समृद्धि हुन्छ कि हुदैन भन्ने नै हो ।

त्यसैले निती तथा कार्यक्रमले जोखिममा परेका पत्रकारहरुको कोषका लागि केहि बोलेपनि धेरै कुरा समेटेको छैन । तर मेरो कुरा सरकारले दिनै पर्छ र सरकारसँग माग्नैपर्छ भन्ने हैन ।

पत्रकारले जनताको पक्षमा बोल्नुपर्छ । निती तथा कार्यक्रम जनताको पक्षमा आएन भने त्यसको विरोध गर्नु हाम्रो धर्म हो ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुईटेलले प्रदेश सरकारको निति तथा कार्यक्रमले पत्रकार तथा सञ्चार क्षेत्रका लागि केहि नबोलेको बताउनुभएको छ ।

उहाँले अहिलेको नीति कार्यक्रमले पत्रकारका अहिलेका पीडा, समस्या र चुनौतीलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको बताउनुभएको छ ।

उहाँले कोरोना महामारी र लगातारको निषेधाज्ञाका कारण धेरै पत्रकारहरुको रोजगारि गुमेको, केहिले महिनौदेखि पारिश्रमिक नपाएको , पाउनेले पनि न्यून मात्र पाएको अवस्था एकातिर रहेको छ भने अर्को तर्फ पत्रकार आफै पनि समाचार संकलन तथा सम्प्रेषणका क्रममा कोरोना संक्रमणको शिकार भएका छन् ।

यहि क्रममा प्रदेशमा मात्र चारजना पत्रकारले ज्यान गुमाउनुपरेको छ भने, प्रदेश भरी करिब दुईसय जना पत्रकार कोरोना संक्रमित बन्न पुगेका छन् ।

अर्कोतर्फ सञ्चारमाध्यमहरुको अवस्था पनि उस्तै रहेको भन्दै निवर्तमान अध्यक्ष लुईटेलले प्रादेशिक सञ्चार प्रतिष्ठानलाई केहि सम्बोधन गरेपनि अन्य क्षेत्रलाई समेट्न नसक्नुलाई खासै राम्रो मान्न सकिदैन ।

यज्ञप्रसाद शर्मा- निर्देशक, प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १

प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का निर्देशक यज्ञप्रसाद शर्माले भने नीति तथा कार्यक्रमले सञ्चार क्षेत्रलाई सम्वोधन गरेको बताउनुभएको छ ।

उहाँले प्रादेशिक सञ्चार प्रतिष्ठान मार्फत पत्रकारको क्षमता अभिवृद्धि गर्ने कुरा र पत्रकार सुरक्षाका कुरा ठोस रूपमा आएको बताउनुभयो ।

आगामी वर्ष प्रतिष्ठानले सरकारको नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा पालना गर्न सक्ने विश्वास ब्यक्त गर्नुभएको छ । यसका लागि बजेटले पनि सम्वोधन गर्‍यो भने पत्रकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरू उल्लेख्य रूपमा गर्ने कार्य योजना का साथ प्रतिष्ठान प्रस्तुत हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभएको छ,‘हामीले कोभिड– १९ को महामारीलाई ध्यान दिएर यस वर्ष पनि केही कार्यक्रम सुरू गरेका छौं ।आगामी वर्ष त्यसमा सघनरूपमा काम हुनेछ ।

यस्तै अर्को १६ वटा पर्यटकीय क्षेत्र पहिचान गरि त्यसको प्रबर्धन गर्ने कुरा पनि सञ्चार क्षेत्रसँग सम्बन्धित हुनसक्ने उहाँले बताउनुभयो । यद्यपी प्रबर्धन कसरी र कुन तरिकाले गर्ने भन्ने कुरा भने अस्पष्ट रहेको उहाँले बताउनुभयो ।

Back to top button