बागमति प्रदेशसभामा कांग्रेसका वैद्यको आपत्तिजनक अभिव्यक्तिको चौतर्फी विरोध

काठमाडौं । बागमति प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्दै हिजो अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले नाथुराम गोड्से जस्तो व्यक्त नभए आफैलाई बन्नु पर्यो की क्या हो ? भन्ने दिएको अभिव्यक्तिप्रति अहिले चौतर्फी विरोध भइरहेको छ । नाथुराम गोड्सेले महात्मा गान्धीलाई गोली हानेर हत्या गर्नुभएको थियो ।

नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् ।

एमालेका प्रदेश अध्यक्ष आनन्द पोखरेलले विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेशसभाबाट निलम्बन गरी कारबाही गर्न माग गर्नुभएको छ । उहाँले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गर्नुभएको छ ।

यसैबीच, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत शब्द फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य वैद्यलाई निर्देशन दिनुभएको छ ।

Back to top button