
विराटनगर ।

आजको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य ज्योती सुब्बाले सदनको बाहिरपट्टी जब सदस्यहरुको आगमन हुन्छ, सुरक्षाकर्मीहरुले ब्याग चेकजाँच गर्दा मोवाइल पनि नचिन्ने कस्तो सुरक्षाकर्मी राखिएको भन्दै प्रश्न गर्नुभएको छ ।
यस्तै उहाँले सुनसरी जिल्लाको सदरमुकाम इनरुवा अस्पतालमा चिकित्सकविहिन बन्न पुगेको अस्पताल राजनीतिको अखडा बनेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले अस्पताल जस्तो संस्थालाई राजनीतिक अखडा बन्न दिन नहुने भन्दै मन्त्रीले अस्पतालको अनुगमन गर्न जाँदा स्थानीय सांसदको उपस्थिति गराउनुपर्नेमा जोड दिनुभयो ।
===

अर्का प्रदेशसभा सदस्य रामकुमार राईले प्रदेश १ मा मन्त्रीहरु मात्रै जितेर आएका हुन् की प्रदेशसभा सदस्यहरु पनि जितेर आएका हुन् भन्दै ब्यङ्ग्य गर्नुभएको छ ।
उहाँले सबै भौतिक पूर्वाधार क्षेत्रको बजेटहरु मन्त्रीहरुकै क्षेत्रमा मात्रै लगाइएको भन्दै उहाँले आफ्नो क्षेत्रलाई परेको सडक योजनाको बजेटहरु भौतिक पूर्वाधार विकास मन्त्रीज्यूले आफ्नो क्षेत्रमा लगेको आरोप लगाउनुभयो ।
यस्तै उहाँले जनता आवासको घरहरु अलपत्र रहेको भन्दै मन्त्रीज्यूले आफ्ना क्षेत्रमा करोडौंको योजनाहरुको सिलान्यास गरेको बताउनुभयो ।