
विराटनगर । गोर्खा सेमेट्री ट्रस्ट हङकङले ५० वटा पोर्टेबल भेन्टिलेटर नेपाललाई सहयोग गरेको छ । कोरोना संक्रमितको उपचारका लागि सहजताका लागि काठमाडौैं, पोखरा, दाङस्थित सामुदायिक अस्पतालमा ट्रष्टले आफै शुक्रबारदेखि भेन्टिलेटर वितरण सुरु गरेको छ ।
ट्रस्टका कार्यकारी सदस्य देवराज राईले कोरोना संक्रमितहरूका लागि अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संघसंस्था, विश्वभरि छरिएर बसेका नेपाली दातासँग सहयोग संकलन गरेर फेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री वितरण सुरु गरेको बताउनुभयो ।