नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुन नपाएकोमा मुख्यमन्त्रीले माग्नुभयो माफी

विराटनगर । प्रदेश १ सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सदनमा उपस्थित हुन नसकेकोमा मुख्यमन्त्री शेरधन राईले सदनमा क्षमा माग्नुभएको छ ।

मुख्यमन्त्री राईले टेबल गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आफै भाग नलिएको भन्दै विपक्षी दलका साथै सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले विरोध जनाउनु भएको थियो ।

त्यसको जवाफ दिँदै मुख्यमन्त्री राईले भन्नुभयो,‘कार्यब्यस्तताले गर्दा म उपस्थित हुन सकिन, त्यसमा माफि चाहन्छु । तर यहाँ उठेका सवैका कुरा अक्षरस रेकर्ड सुनेको छु ।’

उहाँले आफ्नो अनुस्थितीमा केहि प्रदेशसभा सदस्यले बिरामी भएको भन्दै गरेको टीप्पणीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, मुख्यमन्त्री भएर विराटनगर बस्न थालेयता ज्वरो समेत आएको छैन ।’

Back to top button