इजराइली प्रधानमन्त्रीमा बेनेट नियुक्त, नेतान्याहू पदमुक्त

काठमाडौं । इजरायलको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका बिन्यामिन नेतान्याहू संसदमा अल्पमतमा परेपछि प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको छ ।

इजरायली संसदमा बहुमत प्राप्त गरेका विपक्षी गठबन्धनका नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

पछिल्लो १२ वर्षसम्म लगातार प्रधानमन्त्री रहनुभएको नेतान्याहू पक्षमा ५९ सांसदको मात्रै समर्थन रहयो भने विपक्षी गठबन्धनका उम्मेदवार बेनेटको पक्षमा ६० जना सांसदले समर्थन गर्नुभएको थियो ।

नेतान्याहू अब इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा रहनुहुने छ ।

Back to top button