उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपाका मन्त्रीहरुलाई सोधे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्रीलगायतका मन्त्रीहरुलाई सात दिने स्पष्टीकरण सोध्नु भएको छ । पार्टीको निर्णय बिना नै किन सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री राजेन्द्र महतोलगायतका मन्त्रीहरुले स्पष्टीकरण बारे अनभिज्ञता जनाउनु भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका महतो, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अनिलकुमार झाले खानेपानी मन्त्री हुनुहन्छ ।

यस्तै, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बन्नुभएको हो । चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बन्नुभएको छ ।

निर्वाचन आयोगले अध्यक्षद्वय ठाकुर र यादव दुबै पक्षले एकअर्का पक्षका नेतालाई गरेको कारबाहीलाई अस्विकृत गरिदिएपछि यादवले पार्टीमा भएको कार्यकारिणी परिषदको बहुमतको फाइदा उठाउँदै स्पष्टीकरण भिडाउनुभएको छ ।

Back to top button