५ हजार १४७ जना संक्रमणमुक्त हुँदा थपिए २ हजार ९१८ कोरोना संक्रमित

काठमाडौं । गएको २४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त हुँदा २ हजार ९१८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार हालसम्म ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

Back to top button