लागु औषधसहित मोरङमा एकजना पक्राउ

विराटनगर । मोरङ रतुवामाई नगरपालिका ९ भौडा चोक स्थितबाट प्रहरीले एकजनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी इटहरा मोरङबाट खटिएको प्रहरी टोलीले गएराती उर्लाबारी ४ का २८ वर्षीय सन्देश भट्टराईलाई पक्राउ गरेको हो ।

भट्टराईको साथबाट नाईट्राभेट ७१ ट्याब्लेट, एस्कुप २ बोतल र मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Back to top button