
ईलाम । ईलाम फाकफोकथुम गाँउपालिका २ कोलबोटे का ५२ वर्षीय लाल बहादुर राईको लडेर मृत्यु भएको छ ।
हिजो बेलुका गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खस्नुभएका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईलाई मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै पुगेको ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामको टोलीले घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।