
इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ। गाजा सहरमा बिहानै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षति भए–नभएकोे विवरण प्राप्त हुन सकेको छैन ।
विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ। इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो ।
इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जनाएको छ। हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो।