क्र्याक ब्यान्डेज घाटीमा बाँधेर हत्या गर्ने पक्राउ

झापा । मेचीनगर नगरपालिका ५ मा क्र्याक ब्याण्डेज घाटीमा बाँधेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरेको हो ।

आपसी विवादमा स्थानीइ ४० वर्षीय भिमराज लिम्बुलाई खुट्टामा बाँध्ने क्र्याक ब्याण्डेज घाटीमा बाधेर सुकराजले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा स्विकारे जिल्ला प्रहरी झापाले जनाएको छ ।

मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोलस्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज हिजो राती पौने ९ बजे मृत अबस्थामा फेला परेका थिए ।

सुकराजमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी झापाले जनाएको छ।

Back to top button