सरकारमा सहभागी जसपाका मन्त्री पार्टीबाट निस्कासित

काठमाडौं । जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निस्कासित गर्ने निर्णय गरेको छ । यादव पक्षीय कार्यकारिणी समितिको बैठकले निस्कासनको निर्णय गरेको हो

यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै आएका चार जनालाई स्पष्टीकरण सोध्ने पनि निर्णय गरेको हो । उहाँहरुलाई यसअघि पदमुक्त गर्ने निर्णय गरे पनि सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ ।

Back to top button