शान्ति सेनामा नेपाल तेस्रो स्थानमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाल तेस्रो स्थानमा उक्लिन सफल भएको छ । शान्ति मिसनमा नेपाली सेनाको उपस्थिति सन् २०२१ अप्रिल ३० सम्ममा ५ हजार ६८६ पुगेको नेपाली सेनाले जनाएको हो ।

शान्ति सेनामा पहिलो स्थानमा बंगलादेश र दास्रो स्थानमा इथियोपिया छन् । चौथो स्थानमा रुवान्डा, भारत र पाकिस्तान छन् । नेपालले परराष्ट्र नीति अनुसार शान्ति मिसनमा १० हजार सेना पठाउने रहेकोले नेपाली सेनाको उपस्थिति अझै बढ्ने देखिन्छ ।

Back to top button