कोपा अमेरिका फुटबल : ब्राजिलको लगातार देस्रो जीत, कोलम्बिया र भेनेजुएला बराबरी

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जीत निकालेको छ। विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोल अन्तरले हराएको हो।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे। पहिलो हाफमा ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । भने दोस्रो हाफमा ब्राजिलले तीन गोल थप्यो ।

खेलको ६८ औं मिनेटमा नेयमारले, ८९ औं मिनेटमा एर्भटन रिबेरो र इन्ज्युरी समयमा रिचार्लीसनले गोल गरे । यस अघि ब्राजिलले भेनेजुएलालाई हराएको थियो । पेरुको पहिलो हार हो।

यसैबिच यसअघि ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका छन् । भेनेजुएलामाथि हाबी भएको कोलम्बियाले पनि कुनै गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिन पुगे । उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँड्न पुग्यो ।

कोलम्बियाले भने पहिलो खेलमा इक्वेडरलाई १ शुन्यले पराजित गरेको छ । यो सँगै कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ। प्रतियोगितमा ५–५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

Back to top button