रतुवामाईमा भएको युवतीको हत्यामा सलग्न व्यक्ति पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका– ४ सिङ्गारीमा ३० वर्षीया महिला सरिता सोरेन बास्केको मृत्युप्रकरणमा जोडिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैसाख १८ गते बेलुका सिङ्गारीको मकैबारीमा कानेपोखरी–२ की बास्के मृत फेला पर्नुभएको थियो । अनुसन्धानको क्रममा घटना कर्तव्य गरि हत्या गरेको हुनसक्ने अनुमान थियो ।

घटनामा मोरङको रतुवामाई –६ डेरामारी का ३२ वर्षीय सुफल हस्दाको संलग्नता देखिएको थियो । यद्यपी हस्दा फरार थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हस्दालाई हिजो कन्चनपुर जिल्लाबाट पक्राउ गरि ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभएको छ ।

Back to top button