कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मन्त्री भएकाहरुलाई राजिनामा दिन एमालेको निर्देशन

सुर्खेत । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वसको मत दिएर मन्त्री भएकाहरुलाई एमाले संसदीय दलको आज बसेको बैठकले राजिनामा दिन निर्देशन दिएको छ ।

बैठकले एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभाबाट पदमुक्त गरे पछि सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

पुनर्बहाली भएर प्रदेशसभा सदस्य भए पनि एमालेकै भएकोले संसदीय दलको निर्णाय मान्नु उहाँहरुको धर्म भएको एमालेका एक नेताले बताउनुभयो । उहाँहरु राजिनामा दिएर नआए पुनः पदमुक्त गर्ने तयारी गरिएको ती नेताले बताउनुभयो ।

Back to top button