ढुंगा, गिट्टीलगायतका वस्तु निकासीको व्यवस्था कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले बजेटमार्फत ल्याएको ढुंगा, टिट्टीलगायतका वस्तु निकासी गरी व्यापार घाटा कम गर्ने व्यवस्था कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा न्यायाधिसहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासले अन्तरिम आदेश दिएको हो ।

ढुंगा, गिट्टी निकासी गरी व्यापार घाटा कम गर्ने बजेटमार्फत घोषणा गरेदेखि चौतर्फी विरोध भइरहदा पनि सरकारले बचाउ गर्दै आएको थियो ।

Back to top button