गृहमन्त्रीसहित सुरक्षा निकाय प्रमुखहरु राष्ट्रपति निवासमा

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको छ । गृहमन्त्री अधिकारीसहित प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले राष्ट्रपति भण्डारीलाई भेट्ने भएको हो ।

मनसुनको सुरुमै भएको वर्षाले निम्त्याएको दैवि प्रकोपले भएको क्षति र त्यसको न्यूनीकरण, राहत, उद्धार, पुनर्स्थापनाका लागि भइरहेको प्रयासको बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएर उहाँहरु फर्किनु भएको राष्ट्रपति निवास स्रोतले जनाएको छ ।

Back to top button