
विराटनगर । मोरङका विभिन्न ठाउँमा वनका कर्मचारी र पत्रकारको परिचय दिँदै ठगि हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी– ६ जुटबिकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा – ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।
चौहान र सिग्देलले हामी वनको कर्मचारी र पत्रकार हौं भन्दै कार्यालयका लागि तेल आवश्यक रहेकाले सहयोग गर्न अन्यथा अप्ठेरो हुने धम्की दिँदै रकम उठाउने गरेको पाइएको हो । विभिन्न काठ मिलहरूमा यस्तो धम्की दिँदै रकम उठाई ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार बेलुका मोरङको रतुवामाई–१० स्थित पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चौहानको साथबाट २५ हजार ९ सय ९५ र सिग्देलको साथबाट ७ हजार नगद बरामद भएको छ । यस्तै सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड १ थान , उठाएको रकम अभिलेख भएको डायरी १– थान, कान्तिपुरपोष्टको बजार ब्यवस्थापक परिचय पत्र १– थान, जनमत साप्ताहिकको सम्वाददाताको परिचयपत्र १ थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र १–थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई ठगी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
चौहान र सिग्देलले को सँग कति असुले ? हेरौं विवरण
क्र.सं. नाम / संस्था ठेगाना रकम
१. पूर्णबहादुर श्रेष्ठ रतुवामाई– १० २,०००
२. अम्बिका टिम्बर इण्डस्ट्रिज ( पूर्णप्रसाद शर्मा) उर्लावारी– ८, २,०००
३. सन्तोष फर्निचर (सन्तोष पुरी) रतुवामाई– १०, ५,०००
४. थापा फर्निचर (सूर्यबहादुर थापा) रतुवामाई– ८, ११,५००
५. मदन फर्निचर (देवीबहादुर आले) रतुवामाई–९, २,०००
६. प्रदिप फर्निचर(अर्जुनप्रसाद शर्मा ) रतुवामाई– ५, २,५००
७. पाथिभरा फर्निचर (यज्ञबहादुर बराल) रतुवामाई–९, ५,०००
८. राम फर्निचर (रूपनारायण शर्मा ) रतुवामाई– ४, २,०००
९. लक्ष्मी काष्ठ उद्योग(वैजनाथ शर्मा ) रतुवामाइ–६, २,०००
१०. अरुन साह, डाईनिया, १,५००
११. मनकामना पmर्निचर उर्लाबारी २,०००
१२. पवन यादव बबियाबिर्ता ५,०००
१३. खने सरदार बबियाबिर्ता ७,०००
१४. हरीनारायण माझी बबियाबिर्ता ५०००
१५. गोपाल शर्मा डाँगिहाट ४०००
१६. काचिलाल धिमाल लक्ष्मिमार्ग ५०००
१७. कृष्णबहादुर पौडेल रमाईलो, २०००
१८. प्रेमकुमार श्रेष्ठ होक्लाबारी ५०००
१९. श्रवणकुमार मगर रन्जनि ४०००
२०. अजय चौधरी बाहुनी २५००
२१. टेकबहादुर वयलकोटी बाहुनी १०००
२२. तिलकराम चौधरी बेलवारी २०००
२३. सराजुद्धिन अमरदह ५०००
२४. धिरेन्द्र सहनी सुनबर्सी २३००
२५. सत्यनारायण शर्मा रंगेली १८००