दलितलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ घरपटीलाई तीन दिन हिरासतमा राखिने

काठमाडौं । कोठा माग्न जाँदा दलित भएकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरपटीलाई प्रहरी पक्राउ गरि अनुसन्धान थालेको छ ।

काठमाडौं .बबरमहल निवासी घरपटी सरस्वती प्रधानलाई प्रहरीले म्याद थप गरि ३ दिन हिरासतमा नै राखेर अनुसन्धान गर्ने भएको हो । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी प्रधानलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आज पक्राउ गरिएको हो । अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने बस्नेतले बताउनुभयो ।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिनुभएको थियो । प्रहरीले घरपटी विरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

Back to top button