३० केजी सुर्तीसहित २ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर – १२ बखरीबाट प्रहरीले दुईजनालाई ३० केजी सुर्तिसहित पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१ का १७ वर्षीय हर्स मुन्द्र र विराटनगर– ४ इक्राहिका १७ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट भन्सार छली अवैधरुपमा २ वटा साईकलमा ल्याउँदै गरेको अन्दाजी ३० केजी सुर्ति बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button