राप्रपाबाट कांग्रेस छिरेका सुनिलबहादुर थापा समूहका ५५ जना बने महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहका ५५ जना महासमिति सदस्य भएका छन् । राप्रपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नुभएका थापा अहिले पार्टीको सहमहामन्त्री हुनुहुन्छ ।

उहाँले १५० जना महासमिति सदस्य आफ्नो समूहलाई हुनुपर्ने माग राख्दै आउनुभएको थियो । तर आज उहाँको समूहका ५५ जनालाई महासमिति सदस्य दिने निर्णय भएको हो ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो । कांग्रेसमा महासमिति सदस्यले पार्टीको नीति निर्माण गर्ने तथा विधान निर्माण गर्ने काम गर्दछन् ।

Back to top button