सर्वोच्चको आदेशले मुलुकको राजनीति थप जटिल : प्रवक्ता ज्ञवाली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको मन्त्रिपरिषद विस्तार र पुनर्गठन बदर गर्ने निर्णयले मुलुकको राजनीति थप जटिल बनेको बताउनुभएको छ ।

ज्ञवालीले अदालतप्रति एमालेको सधैं सम्मान रहेको तर मन्त्रिपरिषदमा अदालतको प्रवेशले मुलुकको राजनीति गम्भीर संकटतर्फ धकेलिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद पुनर्गठन र बिस्तारलाई सर्वोच्च अदालतले आज बदर गरिदिएको छ ।

Back to top button