
विराटनगर । बेलबारी गगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट आज बिहीबार नगरसभामा प्रस्तुत गरेको छ ।
नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात् ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात् ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, बिभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको छ ।
बजेटमा सामाजिक विकासतर्फ ६२ करोड ४१ लाख ६६ हजार, आर्थिक विकासतर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन, वातावरण, विपद् व्यवस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरेको उपप्रमुख पराजुलीले बताउनुभयो । नगरसभाको अर्को वैठक असार २४ गते बस्ने भएको छ ।
हेर्नुहोस् पूर्णपाठ: