संवैधानिक आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरुमा रिक्त रहेको २० जना पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा वैशाख २६ गते संवैधानिक परिषदले सिफारिस गरेका पदाधिकारीहरुलाई नियुक्त गरिएको उल्लेख छ । प्रतिनिधिसभाविघटन भएकाले आयेगका पदाधिकारीहरु संसदीय सुनुवाइबिना नै नियुक्त हुनु भएको छ ।

लोकसेवा आयोगमा माधव प्रसाद रेग्मीसहित ५ जना पदाधिकारी राष्ट्रपति भण्डारीले नियुक्त गर्नुभयो । आयोगको सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारीलाई नियुक्त गरेको हो ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ (ब्यान्जू)लाई नियुक्त गरिएको विज्ञप्तीमा उल्लेख छ । निर्वाचन आयोगको निर्वाचन आयुक्तमा सगुन शमशरे जबरा, राष्ट्रिय समावेशी आयोगमा डा. रामकृष्ण तिमल्सेनलगायत विभिन्न निकायमा २० जना पदाधिकारी नियुक्त गरिएको विज्ञप्तीमा भनिएको छ ।

संसदीय सुनुवाइ समितिको अनुमोदनपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था भएपनि प्रतिनिधिसभा विघटन भएकाले उनीहरुको नियुक्ति संसदीय सुनुवाइ बिनै भएको हो ।

Back to top button