डिजिटल माध्यामबाट गाउँ सभा गर्ने दोलखाको पहिलो सूचना प्रविधिमैत्री बन्दै तामाकोसी

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि कूल ७० करोड ७४ लाख ६४ हजार ४३ बराबरको बजेट डिजिटल माध्यमबाट सार्वजनिक गरेको छ ।          गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष उर्मिला खड्काले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आगामी आर्थिक बर्ष २०७८/७९ बजेट सार्वजनिक गरेकी छन । डिजिटल माध्यामबाट गाउँ सभा गर्ने दोलखाको पहिलो सूचना प्रविधिमैत्री तामाकोसी गाउँपालिका बनेको छ। गाउँपालिकाले बिहिबार डिजिटल माध्यमबाट सभा सम्पन्न गरेपछि सामाजिक सन्जालमा धेरैले प्रशंशा गरेका छन।
सभा लगायत गाउँपालिकाका सबै सुचना र जानकारी हरु वेबसाइट र फेसबुक पेज सहित सूचना अधिकारी तथा गाउँपालिका अध्यक्ष मार्फत तुरुन्तै सामाजिक सञ्जालमा राखिएको राखिने गरिएको छ।

आइटीमा बिदेशबाट इन्जिनियरिङ पढेर गाउँपालिकामा सूचना प्रविधि अधिकृतको रुपमा काम गरिरहेका सूचना अधिकारी पवनराज फुयालले गाउँपालिकाले सूचना प्रविधिको क्षेत्रमा प्रशस्त बजेट छुट्याएर गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाउन सहयोग गरेको बताए।

कोरोना महामारी र विभिन्न कठिनाईका कारण सुचना प्राविधिमा सोचेजति प्रगति हाँसिल हुन नसकेको अधिकारी फुयालले बताए ।

पालिकालाई संघीय सरकारवाट समानिकरण, सर्शत, समपुरक र बिशेष अनुदान तथा राजस्व र रोयल्टि बाँडफाँडवाट गरी ५२ करोड ६२ लाख ९१ हजार ८ सय ७४ र प्रदेश सरकारवाट प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारवाट अनुदान र सवारी साधनको कार बाँडफाँडवाट ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ आम्दानी हुनेछ । गाउँपालिकाले चालु बर्षसम्म कोषमा मौज्दात रहेको ७ करोडलाई पनि आगामी आर्थिक बर्षका लागि आम्दानीमा बाँधेको छ भने २ करोड आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ ।

वजेटवाट संघ र प्रदेशवाट तोकिएका समपुरक, सर्शत र विशेष अनुदानका योजना र कार्यक्रम बाहेक समपुरक र विविध कोषका लागि ६ करोड, अघिल्लो बर्षको बहुबर्षिय योजनाको भुक्तानीका लागि ३ करोड, कृषि, सिंचाई तथा पशुविकास तर्फ ४ करोड, लक्षितवर्गका लागि २ करोड ४५ लाख, तामाकोशी रोजगार कार्यक्रमका लागि ७० लाख लगायतका योजना र कार्यक्रममा बिनियोजन गरिएको छ कतिपय स्थानीय सरकारले नगर र गाउँ सभामा आर्थिक विवरणलाई पारदर्शी तरिकाले सार्वजनिक नगरेका बेला तामाकोशीको भने शिर्षक अनुसार बजेट सार्वजनिक भएको छ । गाउँ सभाले उपाध्यक्ष केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई पारित समेत गरेको छ । नीति तथा कार्यक्रममा स्थानीय अस्पतालमा भिडियो एक्स रे लगायतकका स्वास्थ्य सेवा उपलब्ध गराई गम्भिर प्रकृतिका बिरामीलाई नागरिक स्वास्थ्य कोष मार्फत सहयोग गर्ने उल्लेख छ । बजेट प्रस्ताव गर्नुभएको हो । तामाकोशी गाउँपालिकालाई संघीय सरकारवाट समानिकरण, सर्शत, समपुरक र बिशेष अनुदान तथा राजस्व र रोयल्टि बाँडफाँडवाट गरी ५२ करोड ६२ लाख ९१ हजार ८ सय ७४ र प्रदेश सरकारवाट प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारवाट अनुदान र सवारी साधनको कार बाँडफाँडवाट ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ आम्दानी हुनेछ । गाउँपालिकाले चालु बर्षसम्म कोषमा मौज्दात रहेको ७ करोडलाई पनि आगामी आर्थिक बर्षका लागि आम्दानीमा बाँधेको छ भने २ करोड आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ ।

वजेटवाट संघ र प्रदेशवाट तोकिएका समपुरक, सर्शत र विशेष अनुदानका योजना र कार्यक्रम बाहेक समपुरक र विविध कोषका लागि ६ करोड, अघिल्लो बर्षको बहुबर्षिय योजनाको भुक्तानीका लागि ३ करोड, कृषि, सिंचाई तथा पशुविकास तर्फ ४ करोड, लक्षितवर्गका लागि २ करोड ४५ लाख, तामाकोशी रोजगार कार्यक्रमका लागि ७० लाख लगायतका योजना र कार्यक्रममा बिनियोजन गरिएको छ कतिपय स्थानीय सरकारले नगर र गाउँ सभामा आर्थिक विवरणलाई पारदर्शी तरिकाले सार्वजनिक नगरेका बेला तामाकोशीको भने शिर्षक अनुसार बजेट सार्वजनिक भएको छ । गाउँ सभाले उपाध्यक्ष केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई पारित समेत गरेको छ । नीति तथा कार्यक्रममा स्थानीय अस्पतालमा भिडियो एक्स रे लगायतकका स्वास्थ्य सेवा उपलब्ध गराई गम्भिर प्रकृतिका बिरामीलाई नागरिक स्वास्थ्य कोष मार्फत सहयोग गर्ने उल्लेख छ।

 

Back to top button