उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं । कोपा अमेरिका फुटबलको गएराती सम्पन्न खृलमा उरुग्वेले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेले २–० गोल अन्तरले बोलिभियालाई पराजित गरेको हो ।

३ वटा खेल खेलेका उरुग्वेले एउटामा पराजित, एउटामा बराबरी र एउटामा जित हासिल गर्दै ४ अंक जोडेर क्वाटरफाइनल यात्रा तय गरेको छ । उरुग्वेका लागि एडिन्सन काभानी १ गोल गर्दा १ गोल बोलिभियाले आत्मघाती गोल गरेपछि उपहार प्राप्त भएको थियो ।

बोलिभियाका कार्लोस लाम्पेले गरेको आत्मघाती गोलले खेलको ४० औं मिनेटमा अग्रता कायम गरेको उरुग्वेले खेलको ७९ औँ मिनेटमा काभानीले अर्को गोल गरेर २–० को जित सुनिश्चित गरेको थियो ।

Back to top button