चार जना अग्रज पत्रकार पुरस्कृत

विराटनगर । प्रदेश १ सरकारले यस प्रदेशका अग्रज चार पत्रकारलाई आज एक कार्यक्रमबीच प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

मोरङकी पत्रकार ललिता भट्टराई, भद्रपुरका गोविन्दचन्द क्षेत्री, दमकका गञ्जबहादुर दाहाल र उदयपुरका कौशल चेम्जोङलाई पुरस्कृत गरेको हो ।

मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उहाँहरुलाई दोसल्ला ओढाएर फूलमाला अबीर लगाई जनही नगद एक लाख र कदरपत्र हस्तान्तरण गर्नुभयो ।

​​​​​​​प्रदेश सरकारले २०७४/७५ देखि प्रत्येक वर्ष प्रदेशका दुई जना अग्रज पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । कोराना महामारीले गत वर्ष पुरस्कार हस्तान्तरण गर्न नसकेपछि यस वर्ष गत वर्ष र यस वर्षका गरी चारै जनालाई पुरस्कृत गरेको हो ।

Back to top button